नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज एएफसी एसियन कप छनोट अन्तर्गतको पहिलो खेल खेल्दै छ। 
उज्वेकिस्तानको पख्तकोर सेन्ट्रल स्टेडियममा आइतबार साँझ सवा ६ बजे सुरु खेलमा लाओससँग नेपालले प्रतिस्पर्धा गर्ने छ। 
उक्त खेल नेपालका लागि १०० औँ अन्तर्राष्ट्रिय खेल समेत हो।
समूह एफ मा रहेको नेपालले दोस्रो खेल असार १८ गते श्रीलङ्कासँग खेल्नेछ। समूह चरणको अन्तिम खेल भने असार २१ गते घरेलु टोली उज्वेकिस्तानसँग हुनेछ।
किस्तानसँग भएका तीन वटै खेलमा नेपालले हार बेहोरेको छ भने श्रीलङ्कासँग खेलिएका आठ वटै खेलमा नेपाल विजयी भएको छ।
८ समूहमा रहेका ३४ टोली मध्येबाट १२ टोलीले एसियन कपको मुख्य प्रतियोगितामा सहभागिता जनाउने छन्।