रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ आज बिहानदेखि सम्पर्कविहीन भएका छन्।
सामाजिक सञ्जाल फेशबुकमार्फत ‘अलबिदा’ लेख्दै उनले लामो स्ट्याटस लेखेका छन्। उक्त स्टाटसमा डा. श्रेष्ठले आफूमाथि राजनीतिक हस्तक्षेप, मानसिक दबाब, बदला र व्यवस्था विरोधी तत्त्वहरूका कारण विक्षिप्त अवस्थामा पुगेको उल्लेख गरेका छन्।
रामेछाप अस्पताललाई व्यवस्थित, पारदर्शी र उत्कृष्ट सेवा केन्द्र बनाउने लक्ष्यमा लाग्दा विभिन्न स्वार्थ समूह र प्रभावशाली व्यक्तिहरूले झुटा आरोप, धम्की र अनावश्यक सरुवा प्रक्रिया थोपरेको उनको आरोप छ। आफूलाई यो अवस्थामा पुर्याउने व्यक्तिहरूको नाम समेत उनले किटान गरेका छन्।
अहिले उनको मोबाइल अफ रहेको र अन्तिम लोकेशन कपनको साततले क्षेत्रमा देखिएको प्रहरीले बताएको छ।