सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग भेट गरेका छन्।
सभामुख घिमिरेले सोमबार बिहान सरकारी निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग एक घण्टा भेट गरेका छन्।
भेटमा उनले संसद् अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको बताए। उनले विपक्षीले उठाएका मुद्दा गम्भीर रहेका कारण दुई सातासम्म संसद्लाई सहमतिका लागि रोकेको समेत बताएका छन्।
उनले प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको कारण बजेट पारित गर्नै पर्ने भएकाले आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्ने बताए। उनले सरकारसँग संवादका लागि आवश्यक सहजीकरण गर्नुपर्ने प्रति गम्भीर भएर लाग्नुपर्ने बताए।
भेटमा सभामुखले भने ‘दुई सातादेखि विपक्षीको अवरोधले संसद् बन्धक भयो। बजेटबारे व्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद् अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको छ।’