विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्। 
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आएका रास्वपा र राप्रपाले आजको बैठकमा पनि अवरोध गरेका हुन्। 
सोमबार बसेको बैठक सुरु हुने वित्तिकै रास्वपा र राप्रपाले उठेर नाराबाजी लगाएर विरोध गरिरहेका छन्। यसैबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारबाही अगाडि बढाएका हुन्।