यमनमा गृहयुद्ध जारी रहँदा धेरै बालबालिकाहरूको बिचल्ली भएको छ। धेरैले अशक्त जीवनसँग सङ्घर्ष गरिरहेका छन्। 
एकै दिनमा तीन भाइबहिनी गुमाएर आफू अपाङ्ग बनेका सात वर्षीय बालक हमेद अल अथौरी कठिन जीवन बाँचिरहेका छन्। मध्य यमनको ताइजको एउटा समुदायमा बस्दै आएका उनीका आसपास बारम्बार गोलीबारी भइरहेको छ।
गोलाबारीका कारण अनगिन्ती नागरिकहरू मारिने र घाइते भइरहेका छन्। अक्टोबर ३०, २०२१ मा, उनी एक घातक बम विस्फोटबाट बच्न सफल भए। तर उनका तीन भाइबहिनीको मृत्यु भएको थियो। र उनले खुट्टा गुमाएका थिए। 
‘हामी पसलबाट बाहिर निस्कँदै गर्दा हामीमाथि रकेट खस्यो। त्यसपछि मेरा भाइबहिनीहरू मारिए,’ हमेदले भने।
‘विपत्तिले हाम्रा तीन बच्चाहरूको ज्यान लियो। भगवानलाई धन्यवाद, हमेद बाँचे, तर उनी घाइते भए र जीवनभर बिग्रिएको खुट्टा लिएर बाँच्नुपरेको छ। जसले सधैँ पीडा दिनेछ। हामीमाथि यस्तो अप्रत्याशित विपत्ति किन आइपर्छ भनेर हामीले बुझ्न सकेनौँ। ठुलो पीडा भोग्यौँ र निराश महसुस गर्‍यौँ,’ हमेदका बुबा मुस्तफा अल अथौरीले भने।
हामेद केवल तीन वर्षको हुँदा उनले आफ्नो एउटा तल्लो खुट्टा गुमाए। चार वर्ष बितिसक्यो, उनी अझै पनि एक परोपकारी संस्थाबाट प्राप्त कृत्रिम खुट्टा प्रयोग गर्ने असुविधासँग सङ्घर्ष गरिरहेका छन्।
‘म कृत्रिम खुट्टा बारम्बार लगाउँछु। कहिलेकाहीँ म यसलाई निकाल्छु र कहिलेकाहीँ लगाउँछु। म यसलाई लिएर हिँड्न सक्छु, तर यसले धेरै दुख्छ। म यो रातमा लगाउँदिन,’ हामेदले भने।
हामेदको पीडा कम गर्न उपयुक्त कृत्रिम खुट्टा खरिद गर्न उनको परिवारलाई कठिन भइरहेको छ। उनका आमाबाबुले आफ्नो छोरालाई मद्दत गर्न सक्दो प्रयास गरिरहेका छन्। परिवारले प्रायः उनलाई आफ्नो ढाडमा बोकेर सहर घुमाउँछन्।
‘उनकी आमाले उसलाई आफ्नो ढाडमा बोकेर स्कुल लैजान्छिन् र त्यसपछि कक्षा सकिएपछि घर फर्काउँछिन्। मेरो छोरा सधैँभरि बिग्रिएको खुट्टा लिएर बाँच्नुपर्छ भन्ने थाहा पाउँदा अरू केटाकेटीहरू स्वतन्त्र रूपमा दौडिरहेको देख्दा मेरो मन दुख्छ। म सबै राजनीतिक शक्तिहरूलाई सकेसम्म चाँडो युद्ध रोक्न र मानिसहरूलाई अपाङ्गता भएको जीवनको पीडा वा परिवारका सदस्यहरू गुमाउनुको पीडा दिन बन्द गर्न आह्वान गर्दछु,’ मुस्तफा अल अथौरीले भने।