उपत्यका व्यापी महिला व्हीलचेयर बास्केटबल प्रतियोगितामा व्हील चेयर स्पोर्टस् एशोसिएसन (डब्लुएसए) ले प्रथम स्थान हासिल गरेको छ।
काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले शनिवार राजधानीमा आयोजना गरेको प्रतियोगितामा जावलाखेल व्हीलचेयर स्पोर्टस क्लब (जेडब्लुएससी) ले दोस्रो स्थान, स्पाइनल कड इन्ज्युरी नेटवर्क नेपाल (एससीआइएनएन) ले तेस्रो स्थान हासिल गरे।
विजेता टीमलाई महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, नगद पुरस्कार, मेडल, ट्रफी प्रदान गरेका थिए भने कार्यपालिका सदस्य महेश नेपालीले प्रमाण पत्र प्रदान गरेका थिए।