सुन्दरहरैँचा, मोरङ। सामाजिक उत्तरदायित्व तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै PLO Group र लायन्स क्लब अफ इन्द्रपुरको संयुक्त आयोजनामा सुन्दरहरैँचा नगरपालिका–९ स्थित फुटबल मैदानमा सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत फुटबल मैदान तथा आसपासका क्षेत्रको व्यापक सरसफाइ गरी वातावरणलाई स्वच्छ र व्यवस्थित बनाइएको थियो। साथै, मैदान परिसरमा रहेका झाडी तथा अनावश्यक वनस्पतिहरू हटाई खेलाडीहरूका लागि थप सहज र सुरक्षित वातावरण निर्माण गरिएको थियो।
यसै अवसरमा खेलाडीहरूको सुविधा तथा विश्रामलाई मध्यनजर गर्दै मैदानमा सानो ट्रस (Shade Structure) निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ। उक्त संरचनाले खेलाडी तथा खेलप्रेमीहरूलाई घाम तथा वर्षाबाट संरक्षण प्रदान गर्नुका साथै खेल गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा PLO Group, लायन्स क्लब अफ इन्द्रपुरका पदाधिकारी तथा सदस्यहरू, स्थानीय युवा खेलाडीहरू र समुदायका व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सार्वजनिक स्थलहरूको संरक्षण, सरसफाइ तथा सामुदायिक स्वामित्वको महत्वबारे समेत प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमका आयोजकहरूले यस्ता सामाजिक तथा सामुदायिक उत्तरदायित्वका गतिविधिहरूलाई आगामी दिनहरूमा समेत निरन्तरता दिँदै स्वच्छ, स्वस्थ र जिम्मेवार समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Together for Better भन्ने मूल भावनाका साथ सम्पन्न उक्त कार्यक्रमले निजी क्षेत्र, सामाजिक संस्था तथा समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।





















