भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज राजनीतिक भेटवार्ता गर्दैछ।

भ्रमण टोलीले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भाजपा अध्यक्ष नितिन नवीनसहित उच्च तहका नेतासँग भेटवार्ता गर्न लागेको हो।

भेटका क्रममा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित रहेर छलफल हुने रास्वपाले जनाएको छ।

पार्टीगत सम्बन्ध विस्तार र दुई पक्षीय आपसी हितका विषयमा संवाद गर्न सभापति लामिछाने नेतृत्वको टोली सोमबार दिल्ली प्रस्थान गरेको थियो।