साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो।
शुक्रवार तोलाको १ लाख ८८ हजार ५ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ८ सयमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। शुक्रवार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ।