नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।
आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।
बैठकमा सरकारले जेठ १५ गते संसदमा पेस गर्ने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एवं साङ्गठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।