चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाटमा दुई ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
आज (बिहीबार) बिहान ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन्।
दुर्घटनाबाट दुवै ट्रकमा क्षति पुगेको छ। घाइतेको भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।