नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य एक हजार सात सय रुपैयाँले वृद्धि भएको जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।