आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बुधवार स्वदेश फर्किएको छ।
थाइल्यान्डमा एसिया छनोट खेलेर टोली बुधवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएर स्वदेश फर्किएको हो।
नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायरमा पुगेको थियो। नेपाल पहिलो पटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो। एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।
सुपर थ्रीमा युएईलाई पराजित गरी नेपालले ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो। सुपर थ्रीकै खेलमा थाइल्यान्डसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो।