मोरङको विराटनगर महानगरपालिका-१६ रानी स्थितमा रहेको जुट मिलको खेल मैदानमा कोशी प्रदेशस्तरीय एकीकृत कृत्रिम घटना अभ्यास (सेमुलेसन) सम्पन्न भएको छ। 
कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख अतिथ्यतामा जेठ ७ गते दिउँसो उक्त कार्यक्रमको शुभारम्भ भएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश, विराटनगरको आयोजना तथा पूर्वी पृतना हेटक्वाटर इटहरी सुनसरीको समन्वयमा भएको अभ्यासमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागी  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा संयुक्त रूपमा विपद् उद्धार तथा कृत्रिम घटना सम्बन्धी अभ्यासहरूको प्रदर्शन गरिएको थियो।
2
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका माननीय मन्त्री रेवती रमण भण्डारी, प्रदेश सचिव राम प्रसाद आचार्य सहित प्रदेश स्तरीय तथा जिल्ला स्तरीय सुरक्षा निकायका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरू, पत्रकार, स्काउटको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा विपद् उद्धारको निम्ति उल्लेखनीय योगदान पुर्‍याउनु हुने महानुभावहरूलाई प्रमुख अतिथि कार्कीले प्रशंसा पत्रद्दारा सम्मान गर्नुभएको थियो।
1कोशी प्रदेश सरकारले प्रत्येक वर्ष विपद् उद्दारमा परिचालन हुने सुरक्षा निकायहरूलाई निरन्तर रूपमा विपद् उद्धार सम्बन्धी तालिम तथा अभ्यासहरू प्रदान गर्दै आएको छ।