कास्कीमा भूकम्पको धक्का महसुस भएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्प गएको हो।

कास्कीको सिनुवा क्षेत्र आसपास केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।