मोरङको कानेपोखरी जङ्गलमा एक पुरुष मृत फेला परेका छन्। 

कानेपोखरी गाँउपालिका ५ का ५२ वर्षिय जितलाल राजवंशी मृत फेला परेका हुन्। 

प्रहरीका अनुसार उनी दुई दिनदेखि हराइरहेका थिए। घरबाट निगुरो टिप्न निस्केका उनी घर नफर्किएपछि खोजी सुरु गरिएको थियो। खोजी गर्ने क्रममा आज बिहान घरबाट करिब ५ किलोमिटर उत्तरपट्टि जङ्गलमा मृत भेटिएको प्रहरीले जनाएको छ। 

अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमका लागि पठाएको छ। 

थप घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।