मोरङ र सुनसरीको विभिन्न स्थानहरूबाट प्रतिबन्धित औषधी र गाँजा सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-२ का २३ वर्षीय राहुल गुरुङ र २७ वर्षीय समिर राईलाई ट्रामाडोल २ सय ९० चक्की, २ सय ९० चक्की चक्की डाइजी-20 सहित र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट सुनसरीको धरान उप-महानगरपालिका-१७ का ३८ वर्षीय जीवन राई र धरान-५ का ४२ वर्षीय अर्जुन तामाङलाई प्रतिबन्धित औषधी ६० एम्पुल सहित नियन्त्रणमा लिएको हो। 
यसैगरी, प्रहरी चौकी अमरहाट सुनसरीले धरान-१३ स्थितबाट धनकुटाको चौबिसे गाउँपालिका ९३ का ४५ वर्षीय गजेन्द्र कुमार याखालाई साढे ४ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो।