झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। 
जेष्ठ ३ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बिर्तामोड नगरपालिका-४ का २६ वर्षीय संजोग लिम्बुलाई ६६० मिलिग्राम व्राउनसुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का १९ वर्षीय मिङ्सो लिम्बुलाई ९ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। 
यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उप९महानगरपालिका९१ का २६ वर्षीय रुस्तम राई र धरान-१३ की भावना गुरुङलाई ४९० मिलिग्राम ब्राउनसुगर र नगद ३८ हजार ८ सय रुपैयाँ सहित पक्राउ गरेको छ।