राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले संसद् जनताहरूलाई ढाँट्ने थलो रहेको बताएकी छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद् नै आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको बताएकी हुन्।
उनले भनिन्, ‘बाहिरबाट हेर्दा खेरी यो संसद्को लोप लाग्थ्यो तर संसदभित्र आइसकेपछि के थाहा पाए त यो त ढाँट्ने थलो पो रहेछ। यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ। यो जस्तो निरष्ठ ठाउँ त कहीँ पनि रहेनछ। यहाँ बोलिँदो रहेछ तर बोलेका कुरा नसुनिँदो रहेछ। यहाँ कुसीहरु खाली हुँदा रहेछन् र सरकारले जहिले पनि जनतालाई सांसदको रूपबाट ढाँट्दो रहेछ।’
साथै उनले यो सरकार निरकुंश भइरहेको बताइन्। उनले बन्नुपर्ने विषयहरूमा संसदमा छलफल गरिरहँदा यता मान्यज्यूहरु खासखुस र मोबाइलमा गेम खेलिरहेको अवस्था रहेको बताइन्।
उनले भनिन्, ‘बन्नुपर्ने विषयहरूमा हामी छलफल गरिरहेका हुन्छौँ तर यता मान्य ज्यूहरू खासखुस र मोबाइलमा गेम खेलिरहेको सिन देखिन्छ। यो सरकार निरकुंश भइरहेको छ। बोल्ने लेख्ने स्वतन्त्रता किन हुँदैन ? गणतन्त्रले दिएको यही हो नेपाली जनतालाई उपहार।’