‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मुख्य विषयमा सुरु भएको सगरमाथा संवाद आज (आइतबार) समापन हुँदैछ। 
शुक्रवारदेखि सुरु भएको सुरु भएको सगरमाथा संवाद आज समापन हुन लागेको हो। 
जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाडौँ घोषणा पत्र जारी हुनेछ। समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ।
सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भइसकेका छन्। 
शुक्रवार भएको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए। 
सम्मेलनमा विभिन्न देशका एक सय ७५ विदेशी पाहुनासहित तीन सय ५० जनाभन्दा धेरै विशिष्ट व्यक्तित्वको सहभागिता छ।