बेलबारी। आरजु राईस मिलका संचालक बिरेन्द्र बहादुर बस्नेतले कृषिमा समृद्धि र रोजगारी सिर्जना गर्नका लागि नवीनतम रणनीतिहरू अपनाउँदै २०८२ सालको अघनि धानको न्यूनतम समर्थन मूल्य सार्वजनिक गरेका छन्। उनका अनुसार, हार्भेष्टरको प्रयोगले किसानलाई समयमै तोरी लगाउने र तीन महिनामा सरदर ६ देखि ८ क्विन्टल उत्पादन गर्न मद्दत पुर्याउँछ। यसबाट किसानहरूले लगभग रु. ८५ हजार थप आम्दानी गर्न सक्छन्।
उनले थपे, "यसपछि, ‘चैते धान’ र ‘सुवासी धान’ जस्ता बालीहरूलाई लक्षित गरेर अधिक उत्पादन र आम्दानीका अवसरहरू सिर्जना गर्न सकिन्छ। यदि किसानहरूले सुवासी धान लगाए भने, बिगाहाबाट रु. १ लाख २० हजार थप आम्दानी गर्न सकिन्छ। यसरी हरेक बिगाहाको वार्षिक आम्दानी लगभग ३ लाख ६५ हजार रुपैयाँ हुन्छ, जसबाट समग्र कृषिमा ठूलो रोजगारी सिर्जना हुनेछ।"
बस्नेतले आरजु राईस मिलको अभियानलाई सामुदायिक उद्यमशीलतामा आधारित बताउँदै भने, "हामीले २० वर्षदेखि निरन्तर कृषि क्षेत्रमा सुधार ल्याउने प्रयास गरिरहेका छौं। किसानहरूको आवश्यकता र बजारको मागलाई ध्यानमा राख्दै, हामीले ३ हजार बिगाहाको धान उत्पादन र हार्भेष्टर चलाउने योजना बनाएका छौं।"
उनले हार्भेष्टर सञ्चालनलाई आर्थिक रूपमा लाभकारी बनाउने उद्देश्यले १५ वटा किसान समूहलाई समर्थन गरिरहेको जानकारी दिए। "हामीले ६ वटा स्थानीय किसान समूहलाई हार्भेष्टर उपलब्ध गराएका छौं र बाँकी ९ वटा समूहलाई कृषि ऋणको सहायतासँग नयाँ हार्भेष्टर किन्ने प्रक्रिया शुरु गरेका छौं। यसबाट हरेक किसानले आर्थिक रूपमा राम्रो फाइदा लिन सक्छन्।"
आरजु राईस मिलले उत्पादन बिक्रीका लागि स्थानिय खुद्रा व्यापारीसँग साझेदारी गर्दै उत्पादनको बजार व्यवस्थापन पनि सजिलो बनाउने योजना बनाएको छ। "हामीले स्थानीय स्तरमा किराना पसलसँग सहकार्य गरेर हाम्रो उत्पादन नगदमा बिक्री गर्ने प्रयास गर्दैछौं, जसले उधारोको समस्यालाई समाधान गर्नेछ र स्थानिय व्यवसायिक वातावरणमा समृद्धि ल्याउनेछ।"
बस्नेतले कृषि क्षेत्रको दिगो विकास र समृद्धिका लागि आरजु राईस मिललाई एक अभियानको रूपमा अघि बढाउने आशा व्यक्त गरे।



















