राजावादीका नाममा पत्रकारको हत्या गर्ने तथा सञ्चारमाध्यम माथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ रामेछापले स्थानीय प्रशासनमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ। 
जिल्ला प्रशासन कार्यालयमा गई प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई पत्रकारहरूले ज्ञापन पत्र बझाएका हुन्।
ज्ञापन पत्रमा पत्रकार सुरेश रजकका हत्यारालाई कारबाही गर्नुपर्ने, सञ्चार माध्यममा क्षति पु¥याउनेलाई कारबाही गरी क्षतिपूर्ति दिनुपर्ने, पत्रकारको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ। 
सरकारले ७ दिनभित्र घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउने विश्वास महासङ्घले व्यक्त गरेको छ। अन्यथा सरकार विरुद्ध आन्दोलनका कार्यक्रम ल्याउन चेतावनी दिएको छ। 
ज्ञापन पत्र बुझाउन महासङ्घका केन्द्रीय सदस्य नवराज पथिक, जिल्ला अध्यक्ष दीपक घिमिरे लगायतका महासङ्घका पदाधिकारी, सदस्यहरू लगायत गएका थिए। 
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेले काठमाडौँका चैत १५ गते भएको घटना अति दुखद घटना भएको बताउँदै घटनामा संलग्नलाई सरकारले कारबाहीको दायरामा ल्याउने विश्वास दिलाए।