मोरङ, सुनसरी र धनकुटा जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
चैत्र १३ गते मोरङको विराटनगर महानगरपालिका-१५ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ब्राउन सुगर ५ ग्राम सहित सुनसरीको धरान-१३ का ३५ वर्षीय राज कुमार राईलाई, मोरङ उर्लाबारी-२ का ३१ वर्षीय संदिप कटुवाललाई ३ ग्राम ब्राउन सुगर सहित र पथरी शनिश्चरे-१० का ३२ वर्षीय प्रेम बहादुर तामाङलाई १० ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
यसैगरी, सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-१७ का २२ वर्षीय पासाङ तामाङ र २४ वर्षीय सुमन राईलाई ट्रामाडोल ३९७ क्याप्सुल र स्पास्पेन ७ ट्याब्लेट सहित पक्राउ गरेको छ।