नेकपा माओवादी केन्द्र बेलबारी वडा न. ३ का अध्यक्ष ऋषि राईले पार्टीको आगामी समयको नयाँ उर्जाका बारेमा कुरा गर्दै यसलाई ६४ सालको जनयुद्धको उद्घाटनको रूपमा सम्झाए। उनले भने, "आजको पार्टी फेरि ६४ साल तिर धकेल्ने नयाँ उज्यालो सुरुवात भएको छ।"
अध्यक्ष राईले सम्पूर्ण अखिल क्रान्तिकारी विद्यार्थीहरूलाई धन्यवाद दिँदै भने, "आज हाम्रो पार्टीलाई जुन कठिन परिस्थितिबाट गुज्रनु परेको छ, त्यहाँ अरु संगठनले हामीलाई हेप्ने प्रवृत्तिका साथ हेर्ने गर्थे। तर आज तिनै संगठनलाई दरिलो झापड लागेको छ।"
उनले पार्टीको मजबुती र अखिल क्रान्तिकारी विद्यार्थीहरूको मेहनत र संघर्षको कदर गर्दै भन्नुभयो, "आजको यस स्थितिमा हाम्रो पार्टीले एउटा नयाँ दिशा र भविष्यको सुरुवात गरेको छ। हामीले यस संघर्षमा एकजुट भएर अघि बढ्नुपर्नेछ।"
राईले ३ आङ्गिक सहित जम्मा ६ क्याम्पसमा विजय हासिल गरेकोमा खुशी व्यक्त गर्दै यो सफलता ऐतिहासिक भएको र यो पार्टीको भविष्यको लागि नयाँ आशा र उर्जा सिर्जना गरेको बताए। उनले थपे, "यो एतिहासिक जित हो, र यसले हाम्रो संघर्षलाई नयाँ दिशा र बल दिन्छ।"