काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारबाही प्रक्रियाको मागसहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन्।
आइतबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई काठमाडौँ महानगरपालिकाका १८ जना वडाध्यक्ष सहित नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य भएका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई गरिएको कारबाहीको प्रक्रियाको माग गर्दै वडा–१७ का वडाध्यक्ष एवं प्रवक्ता नवीन मानन्धरले ज्ञापन पत्र बुझाएका हुन्।
‘आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई गरिएको कारबाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरूले माग गरेका छौ,’ काठमाडौँ महानगरपालिका वडा–८ का वडाध्यक्ष आशामान सङ्गतले बताए।
उनले, कामपा वडा नम्बर १२ का वडाध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेको र तत्कालै प्रशासकीय अधिकृतलाई गरिएको कारबाही प्रक्रियाको माग सार्वजनिक गर्न हस्ताक्षरसहित पठाइएको बताए।