नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।