काठमाडौँमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् प्रदर्शन गरेको छ। राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो। 

धवलशमशेर राणाा नेतृत्वको आन्दोलन परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाऊ’ लगायत नाराहरू लगाइएको थियो।

प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल र्‍यालीसमेत गरिएको थियो।