सुनसरीबाटआठ महिनाको अवधिमा सात सय ९४ जना प्रतिवादी पक्राउ रेका छन्। 

अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार प्रतिवादी पक्राउ गर्न चलाएको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सात सय ९४ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए। 

पक्राउ परेका प्रतिवादीबाट एक सय २९ वर्ष सात महिना एक दिन कैद भुक्तान र एक करोड १२ लाख ४७ हजार दुई सय ७८ रुपैयाँ राजस्व तथा जरिबाना असुलउपर गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय तथा मातहत रहेका ८६ प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले जिल्ला अदालतबाट सजाय पाएर कैद भुक्तान नगरी फरार रहेका विभिन्न स्थानका प्रतिवादी पक्राउ गरेको हो।