संघीय संसद् सचिवालयले दुई जना पत्रकारको प्रवेश पास निलम्बन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई अमर्यादित प्रश्न गरेको भन्दै उनीहरूले प्राप्त गरेको संसद् प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको हो।

महासचिव स्तरीय निर्णयबाट पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको प्रवेश पास निलम्बन गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

संसद सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ। 

गत फागुन ४ गते बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीलाई उनीहरूले ‘सामाजिक सञ्जाल विधेयक ल्याएर सरकार तानाशाही प्रवृत्तिमा हिँडेको हो ?’ भन्दै प्रश्न गरेका थिए।