नेपाल एलपी ग्यास उद्योग सङ्घले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। नेपाल एलपी ग्यास उद्योग सङ्घले विज्ञप्ति जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरू गर्न लागेको जनाएको छ।
यस अघि नेपाल एलपी ग्यास उद्योग सङ्घबाट माघ ३० गतेका दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको समुपस्थितिमा नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारीहरू, निगमका पदाधिकारीहरू र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरू बिच भएको छलफलले माग सम्बोधन सम्बन्धमा मन्त्रीबाट गृहकार्य गर्न थप १५ दिनको समय माग गर्दै फागुन १५ गते बुधवारसम्मको लागि विरोधका कार्यक्रमहरू स्वगीत गरिएको थियो।
तर हाल सम्म केही निष्कर्ष नआएको हुँदा विरोधका कार्यक्रमहरू पुनः सञ्चालन गर्नुपरेको एलपी ग्यास उद्योग सङ्घले विज्ञप्ति मार्फत जानकारी गराएको छ।
यस्ता छन् विरोधका कार्यक्रमहरू
१. २०८१/११/१८ गतेदेखि पिडिओ एम्त्त नउठाउने नबनाउने।
२. २०८१/११/२४ गतेदेखि रिफाइनरीबाट लोडिङ नगराउने।
३. २०८१/१२/०१ गतेदेखि भन्सारबाट बुलेट नछुट्याउने।
४. २०८१/१२/०७ गतेदेखि उद्योगहरूबाट ग्यासको विक्री वितरण बन्द गर्ने।
५. २०८१/१२/११ गतेदेखि डिलरहरूबाट ग्यासको विक्री वितरण बन्द गर्ने।