साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।
छापावाल सुन आज तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, चाँदी आज १ हजार ९१५ रुपैयाँले कारोबार भइरहेको छ। सुनको मूल्य शुक्रवार प्रतितोला २ हजार २०० रुपैयाँले घटेको थियो। चाँदीको मूल्य भने स्थिर रहेको थियो।