सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने भएको छ।
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनका कारण आज इजलास बहस नचल्ने अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिएका हुन्।
८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा गत शुक्रवार बिहान निधन भएको थियो।