साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ। 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रवार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। यसैगरी, आज चाँदीको भाउ भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रवार चाँदी प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ घटेको हो।