मोरङको पथरीशनिश्चरे—१, स्थित एभरेष्ट अंग्रजी स्कुलले उत्कृष्ट नजिता ल्याउने विद्यार्थीको अभिभावकलाई सम्मान तथा भब्य सांस्कृतिक कार्यक्रमको आयोजनासहित आज ३९ र्औ बार्षिकोत्सव मनाएको छ ।
एभरेष्टबाट एसईई परीक्षामा जीपीए—४ (फोर) ल्याउने विद्यार्थीका अभिभावक हिमालय न्यौपाने र अम्बिका न्यौपाने विद्यालयबाट दोसल्ला तथा सम्मान पत्रले सम्मानित भएका छन् ।
न्यौपाने परिवारकी छोरी दिक्षा न्यौपानेले ९०.३८ प्रतिशत, छोरा आदर्श न्यौपानेले जीपीए—४ (फोर) अर्को छोरी अपेक्षा न्यौपानेले पनि ३.०९ जीपीए ल्याएर एसईई परीक्षा पास गरेका थिए ।
तीनै जना छोराछोरी एभरेष्टबाट एसईई र माथिल्लो तहमासमेत उच्च अंक ल्याएर रोगजारीमासमेत लागि सकेको सम्मानित अम्बिका न्यौपानेले मन्तव्यको दिने क्रममा बताएकी छन् ।
। विद्यार्थी असल बन्नु र उच्च अंक ल्याउनुमा अभिभावकको समेत उत्तिकै महत्व रहेको हुँदा अभिभावकलाई सम्मान गरिदै आएको विद्यालयको निर्देशक समेत रहेका प्रिन्सिपल रविन कन्दङ्वाले बताए ।
शिक्षक अभिभावक संघका अध्यक्ष रुपनारायण भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापो, शिक्षा विभाग प्रमुख नवीन खुलाल लगायतबाट शुभकाना मन्तव्य राखेका थिए।

प्रिन्सिपल रविन कन्दङ्वाले एभरेष्टले परीक्षामा उत्कृष्ट नजिता मात्र नल्याएर नगर, जिल्ला र प्रदेश स्तरीय खेलकुद, गीत संगीत, नृत्य, अभिनय, चित्रकाल, हाजिरी जवाफ, स्पेलिङ प्रतियोगितासमेत जित्दै आएको विद्यार्थीको नाम समेत बताएका छन् ।
सहप्रचार्य उमाकान्त न्यौपानेले विद्यार्थीहरु खेलेर, कला प्रस्तुत गरेर, देशको नेतृत्व गर्न समेत जन्मिएको हुनसक्ने भएकोले प्रतिभा चिनेर गाइड गर्नुपर्ने बताए ।
बार्षिकोत्सवको अवसरमा जीवन बरालद्वारा निर्देशित र स्कुलमा अध्ययनरत विद्यालयहरुको अभिनयमा तयार परिएको ‘झुटो बोल्यो कि पोल्यो’, बच्चा जन्माउने भाँडो, घोप्टे युग, ईच्छा र चाहाना शीर्षकका लघु नाटकहरु प्रस्तुत भएको थियो ।
विद्यार्थीहरुले नै सञ्चालन गरिएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले एकल तथा सामुहिक गीत, नृत्य, वक्तृकला प्रदर्शन गरेर उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । भितिन्न जातजातिको सांस्कृति झल्किने ¥याम्पमा समेत उतारेका थिए ।