सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद् बैठक अघि बढाएका छन्। रास्वपा सांसदहरूले अवरोधका बिच सभामुखले बैठक अघि बढाएका हुन्।
सभामुख घिमिरेले दलगत रूपमा धारणा राख्न समय दिने भन्दै बस्न आग्रह गरिरहे। तर रास्वपा सांसदहरू यथास्थानमा उभिरहे। पछि उनीहरू १५ मिनेटका लागि भन्दै संसद् बैठक कक्षबाट बाहिरिएका थिए।
बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटक पटक सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए।
तर, सभामुख घिमिरेले आज दलीय आधारमा बोल्ने समय छुट्याइएकाले त्यसमै आफ्नो धारणा राख्न भनेपछि बैठकमा सवाल जवाफ चलेको थियो।
रास्वपाका सांसदहरुको निरन्तरको अवरोधपछि पनि सभामुख घिमिरेले बैठक अघि बढाएका छन्। सभामुखले बैठक अघि बढाउँदै गर्दा पनि रास्वपाका सांसदहरूले भने नाराबाजी गरिरहेका छन्।