नेपाल राष्ट्रिय युवा सङ्घले तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ आगामी फागुन ११ गते देखि १९ गतेसम्म आयोजना गर्ने भएको छ।
बुधवार पत्रकार सम्मेलनमार्फत सङ्घका महासचिव सुमन पुरीले आगामी फागुन ११ गते देखि १९ गतेसम्म ‘केपी ओली कप २०८१’ आयोजना गर्न लागेको जानकारी दिएका हुन्। त्यसैगरी, उनले नेपाल फुटबल सङ्घ ९एन्फा० द्वारा सूचीकृत ‘ए’ डिभिजनका तथा विदेशीहरू गरी १० वटा टिमहरू सहभागी हुने जानकारी दिए।
उनले भने, ‘तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ आगामी फागुन ११ गते उद्घाटन भई १९ फाइनल प्रतियोगिता हुने यहाँहरूलाई जानकारी गराउँदछौ। प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सूचीकृत ‘ए’ डिभिजनका तथा विदेशीहरू गरी १० वटा टिमहरू सहभागी हुनेछन्। प्रतियोगिताको क्वाटर फाइनलसम्मका खेलहरू एन्फा कम्प्लेक्स, सातदोवाटो, ललितपुरमा हुनेछन् भने सेमी फाइनल र फाइनल खेल दशरथ रङ्गशाला, त्रिपुरेश्वर, काठमाडौँमा आयोजना हुनेछन्।’
उनका अनुसार प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैंया, द्वितीय हुनेलाई पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ। त्यस्तै, उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरू प्रदान गरिने छ भने हरेक खेल विजेता टिमलाई रु २५ हजार नगद प्रदान गरिने छ।
उनले भने, ‘प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैंया, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ। त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरू प्रदान गरिने छ। त्यस्तै, हरेक खेल विजेता टिमलाई रु २५ हजार नगद प्रदान गरिने छ।’
उनका अनुसार प्रतियोगिताको लागि खुल्ला आह्वान गरिने छ। सोही अनुसार सहभागी हुने टिमहरू छनोट गरिने छ। जसमा नेपालका ‘ए डिभिजन’ तथा विदेशी टिमहरूलाई समावेश गराइने पनि उनले जानकारी दिए।
कार्यक्रमको लागि आवश्यक पर्ने मुलआयोजक कमिटी तथा विषयसँग सम्बन्धित उपसमितिहरू गठन गरिने साथै यस्तै पुरस्कार तथा व्यवस्थापनको लागि आयोजकसँग विज्ञापन, प्रायोजन तथा सहयोगी संस्था, विभिन्न व्यवसायीक संस्था तथा व्यक्तिहरुबीच सम्झौता हुने उनको भनाई छ।