अमेरिकाले १ हजार ३६५ नेपालीलाई निष्कासन गर्ने भएको छ।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै उनले लाखौँ अवैध आप्रवासी फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।सोहीअनुसार अमेरिकाले निष्कासन गर्न लागेकाहरूको सूची सार्वजनिक गरेको छ। जसमा १ हजार ३६५ नेपालीहरु पनि छन्।
अमेरिकाले सार्वजनिक गरेको सूचीअनुसार १४ लाख ४५ हजारभन्दा बढी गैरआप्रवासीलाई निष्कासन गर्ने भएको छ।