मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।
माघ ०६ गते भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री सुनसरी दुहवी नगरपालिका-४ का २५ वर्षीय मोहित यादवलाई १ ग्राम ८१ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।