सुनसरीको धरान उप-महानगरपालिका-११ स्थितमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
पुस ०६ गते दिउँसो १ बजे प्रदेश १-०१-००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा पैदल यात्री स्थानीय ८६ वर्षीय वीर बहादुर लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो।
घटनामा संलग्न सवारी साधन र चालक धरान-८ का ४८ वर्षीय सन्तवीर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।