नेपाली बजारमा सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार एक सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबारको दिन आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमामा कारोबार भएको थियो।
त्यस्तै,चाँदीको मूल्य भने आज स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।