रौतहट प्रहरीले ११ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयन अन्तरगत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो। 
पक्राउ पर्नेहरूमा किर्ते, कुटपिट र बहुविवाहका रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले बताए। उनका अनुसार  कुटपिटमा महेन्द्र महरा चमार, पुनकलिया देवी, मनिता कुमारी, निलम देवी र उषा कुमारी राम पक्राउ परेको हो। 
प्रहरीले किर्तेमा जमिला शेखिन, जमिल अख्तर, शेख अजिज मिया दर्जी, ओली महम्मद र शेख हफिजलाई पक्राउ गरेको छ। बहुविवाहको आरोपमा शेख नेपालीलाई पक्राउ गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ। 
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले खोजतलास गरी विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइदिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।