जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा सुशासन क्रान्ति आवश्यक रहेको बताएका छन्। मुलुकमा राजनीतिक परिवर्तनका लागि पटक पटक सङ्घर्ष, आन्दोलन र ठुलो बलिदानी भएको भन्दै बस्नेतले मुलुकलाई समृद्धिको बाटोमा डोर्याउन अबको क्रान्ति सुशासनका लागि हुनुपर्ने बताएका हुन्।
बस्नेतले भने, ‘मुलुकमा राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू सरल, सहज र न्यायिक रूपमा उपलब्ध गराई नागरिकलाई सुखद अनुभूति दिनु सुशासन हो भन्ने मान्यता स्थापित हुनै सकेन। नागरिकका निजी दुख र मुलुकमा कुशासन बढेको बढ्यै छ।’
शिक्षा, स्वास्थ्य जस्तो आधारभूत सेवा र वस्तुहरूमा नागरिकहरूको पहुँचलाई सरल र सहज बनाउनुपर्ने उनको भनाइ छ।