शनिवार काठमाडौँको न्यूनतम तापक्रम घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ।
शुक्रवार बिहानको तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको थियो। गत शनिवार काठमाडौँको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो। त्यसपछि आइतबार र सोमबार ५ डिग्री सेल्सियस, मङ्गलवार ४.८, बुधवार ४.३, बिहीबार ४.६ र शुक्रवार ४.६ डिग्री सेल्सियस मापन भएको थियो।
आज (शनिवार) दिउँसो काठमाडौँको मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने आङ्कलन छ।