सुनसरी रामधुनी नगरपालिका-९ डुम्राहा स्थितमा प्रदेश न. १-०२-००४ ह १४८१ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटी चालकको मृत्यु भएको छ।

मङ्सिर २९ गते साँझ खेतबाट सिटी सफारीमा धान ओसार्ने क्रममा दुर्घटना हुँदा घाइते भएका सिटी चालक स्थानीय ५० वर्षीय पुरण चौधरीलाई उपचारको लागी जिल्ला अस्पताल इनरुवा सुनसरी लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनी कारबाही भई रहेको छ ।