कपिलवस्तुबाट पाटे बाघको छालासहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देही बुटवल उप-महानगरपालिका-५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसाद भट्टराई रहेका छन्।
प्रहरी निरिक्षक सुजन शाहको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई पाटे बाघको छालासहित शिवराज नगरपालिका २ हल्लानगरबाट पक्राउ गरेको हो।
उनको साथबाट टाउकोदेखि पुच्छरसम्म करिब ६ फिट लम्बाइ भएको बाघको छाला बरामद भएको प्रहरीले जनाएको छ।