राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा–१२ वडा अध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर भोलनले निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताएका छन्।

आइतबार हेटौंडा–१२ नम्बर वडाको घर दैलो अभियान तथा कोणसभाका क्रममा  उम्मेद्वार भोलनले राप्रपाले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताएका हुन्।

राप्रपाले उठाएका विषयहरुलाई मुर्तरुप दिनका लागि हेटौंडा–१२ को जनताहरुको साथ र समर्थन राप्रपाले पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने बताए।

निर्वाचित भएपश्चात् हेटौंडा–१२ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका १९ वटा प्रतिबद्धता पूरा गर्ने उनले बताए।