रारा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय वन फडानी हुँदै गैइरहेको छ। रारा राष्ट्रिय निकुञ्जले रारा तालको सुन्दरताको लागि संगही सल्लाह, धूपी, बाज, भोजपत्र, ठिगो, लालीगुराँस, लगायत १ हजार २४ प्रजातिका वनस्पतिले घना पारिएको निकुञ्ज पछिल्लो समयमा रारा तालको किनारदेखी धमाधम काठ दाउरा चोरी निकासी हुन थालेको हो।
पछिल्लो समयमा राज्यको नीति अनुसार मध्यवर्ति क्षेत्र निकुञ्ज छेउछाउमा रहेका बस्तीहरुलाई सहजताको लागी बफरजनको नीति ल्याएपछि निकुञ्ज भित्र रहेका वनस्पति, वन्यजन्तु, जडिबुटी, जलचर थलचर, काठ दाउराको बढी चोरी निकासी भैइरहेको छ।
सरोकारवालाको लापरवाहीका कारण हिजोआज बाहिरबाट हेर्दा घना वनजङ्गल देखिए पनि भित्र पुरै रारा राष्ट्रिय निकुञ्जको वन सखाप भैइरहेको छ।
रारा तालको किनारमा रहेको ठुकुरज्यूले लात्तहानेको ढुङ्गा, दोफे, कोच्चे काद, लामाचौ माथिल्लो मिलीचौर लगायत मध्यवर्ती क्षेत्र रहेको भागमा बढी वनजङ्गल फडानि भएको छ। विषेश गरी काठ, दाउरा चोरी, निकासी भैइरहेको र बढी निकुञ्ज र मध्यवर्ती क्षेत्र उजाड हुँदै गैइरहेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५ कार्की वडा गाँउका जसबिर कार्कीले बताए।
२०३२ देखी ३६ सालसम्म रारा तालको किनारमा घुम्न पशुचौपाया चराउन आँउदा निकै वनजङ्गल घना बाक्लो देखिन्थो। चराचुरीङ्गी, बदेल,माछा,फुलहरु धेरै भेटीने गरेको थियो। पछिल्लो समयमा छाडा पशुचौपाय चरीचराउ, चोरी शिकारी,तिब्र काठ दाउरा चोरीको कारण निकुञ्ज उजाड हँुदै गएको र यसको संरक्षण गर्न सबै सरोकारवालाहरुले कडाईका रुपमा लाग्न नागरीक अगुवा रुपबहादुर मल्लको भनाई रहेको छ।
रारा राष्ट्रिय निकुञ्जको संरक्षणको लागी नेपाली सेना, निकुञ्ज कार्यालय, मध्यवर्ति क्षेत्रका समिति सदैब लागिरहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी धर्मजित सावतले बताए।