नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको नयाँ भवन शिलान्यास गरिएको छ। 

सोमबार भक्तपुरको मध्यपुर थिमिमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान तथा सहरीविकास मन्त्री प्रकाशमान सिंहको उपस्थितिमा भवनको गरिएको हो। 

भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री सिंहले अस्पतालमा सञ्चाल हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ अगाडि बढाउने विश्वास व्यक्त गरे। 

स्थानीय बासिन्दा मात्र नभई आसपासका सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन लायकको अस्पताल निर्माण हुन लागेको उनको भनाई छ। 

उनले भने,‘मलाई खुसी के मा लागेको छ भने अस्पतालले नेपाल र कोरियाबीचको सम्बन्धलाई अगाडि बढाउन र सेवा विस्तार गरेर स्थानीय मात्र नभई आसपासका सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन लायकको अस्पताल बन्दैछ।’ अस्पताल दक्षिण कोरियाको सहायतामा चल्दै आएको छ।