साताको पहिलो कारोबार दिन अर्थात् आइतवार नेपाली बजारमा सुनको मूल्य घटेकोे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रवार सुन तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।