राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गाएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्षका लागि  मंसिर १६ मा उपनिर्वाचन हुनेछ । आइतवार वडा, नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले आशा बिर बललाई  वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो ।

‘हेटौंंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा विभिन्न समाजिक कार्यहरूमा  सहभागिता जनाउँदै आइरहेका बललाई रास्वापाको उमेद्वार  पाएका छाँै, आशा बिर बल सक्षम उमेद्वार हुनुहुुन्छ’ नगर सभापति धुर्वबहादुर विष्टले भने । 

उक्त रिक्त रहेको पदमा रास्वपाले सर्वाधिक मत ल्याएर वडा अध्यक्ष पदमा निर्बाचित हुनेमा कुनै शंका नरहेको मकवानपुर क्षेत्र नम्वर १ सभापति टाकाराज थापाले  दाबी गरे । 

‘हाम्रो उमेद्वावार  पुराना दल भन्दा कुनैपनि कुराले कमजोर छैन ।’  रास्वपा मकावानपुरका सभापति भरत पराजुलीले  भने ।  ‘यो पल्ट हेटौडा– १२ नम्बर का जनता सचेत छन् ।  पक्कैपनि देशको राजनीति अवस्था अबलम्बन गरेर मतदान गर्नु हुनेछ भन्नेमा हामी ढुक्क छौँ ।’ उनले थपे ।  

यसैगरि अन्य उम्मेद्वारमा रास्वपा बाट आशाबिर बल ,एकीकृत समाजवादी बाट बलराम बल , राप्रपा प्रेम लामा ब्लोन , कांग्रेस बाट  सम्भावित अर्जुन तिवारी , एमाले बाट सम्भावित राजेश नगरकोटी र माओवादी बाट सम्भावित रबिन प्रधान रहेका छन् ।